काठमाडौं । कोभिड-१९ को २४ घन्टाको अवस्था बारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित गर्दै आएको पत्रकार सम्मेलनकाे अनुसार देशभर पछिल्लो २४ घन्टामा ३ हजार ६ सय ३७ जना संक्रमित थपिएको छ ।
केन्द्रीय राजधानी काठमाडौं उपत्यकामा पछिल्लो समय कोभिड-१९ संक्रिमत अत्याधिक भेटिँदै आएको छ । पछिल्लो २४ घन्टामा पनि १ हजार ५ सय ५२ संक्रमित उपत्यकाका तीन जिल्लाको मात्रै रहेको छ । काठमाडौं जिल्लामा १ हजार २ सय ८३, भक्तपुरमा १ सय १२ र ललितपुरमा १ सय ५३ जना संक्रमित भेटिएको छ ।
हालसम्म कुल १ लाख ४८ हजार ५ सय ९ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा २१ जना कोभिड संक्रमितको ज्यान गएको छ । यो सँगै कोभिड-१९ बाट ज्यान गुमाउनेको संख्या ८ सय १२ पुगेको छ । सक्रिय संक्रमितको संख्या भने ४४ हजार ८ सय ७७ रहेको छ ।
मन्त्रालयका अनुसार देशभर १५ हजार २ सय ५५ परीक्षण गरिएको हो । देशभर हालसम्म १३ लाख ५० हजार १ सय ५२ जनामा कोभिड-१९ परीक्षण भइसकेको छ ।

