सिन्धुली। सिन्धुलीमा आज माओवादि केन्द्रमा नयाँ शक्ति पार्टीका केन्द्रीय परिषद् सदस्यसहित झन्डै दुई दर्जन कार्यकर्ता पार्टी प्रवेश गरेका छन्।
आज माओवादि केन्द्र सिन्धुलीको आयोजनामा भएको पार्टी प्रवेश कार्यक्रममा नयाँ शक्ति पार्टीको केन्द्रीय परिषद् सदस्य पदम बहादुर मगर(शरण) को नेतृत्वमा सिन्धुलीका नेपाली काग्रेस, एमाले, जनता समाजादी पार्टी(जसपा) लगाएतका पार्टी परित्याग गरी झन्डै दुई दर्जन कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन्। त्यस्तै प्रेस युनियन सिन्धुलीका पत्रकार विनोद रायमाझी पनि नेपालि काङ्ग्रेस पार्टी परित्याग गरी माओवादि केन्द्रमा प्रवेश गरेका छन्।
पार्टी प्रवेश गर्नुभएका सम्पूर्णलाई माओवादी केन्द्र सिन्धुलीका ईन्चार्ज लेखनाथ दाहालसँगै माओवादी केन्द्र सिन्धुली जिल्ला कमिटी संयोजक राम कुमार पौडेल, मरिण गाउँपालिकाका अध्यक्ष पानीराज बम्जन, स्कुल विभाग प्रमुख ज्वाला प्रसाद न्यौपाने, माओवादि केन्द्रका नेताहरू यम कुमार देवकोटा, दिपा बोहोरा दाहाल, विर्मश मोक्तान लगाएतकाले अबिर खादा लगाएर स्वागत गरेका थिए।
सिन्धुली जिल्ला माओवादिको केन्द्रनै रहेकाले नबुजेर अरु पार्टीमा गएका व्यक्तिहरुले विस्तारै बुज्दै गएकाले अब आफ्नै पार्टीमा आउने पार्टी इन्चार्ज दाहालले बताए। यसैबीच हिजो दुधौलि नगरपालिका वडा नं ६ मा नेकपा एमाले र नेपाली काङ्ग्रेस परित्याग गरी २ सय जना माओवादि केन्द्रमा प्रवेश गरेका छन्। हिजो पार्टी प्रवेश तथा भेला कार्यक्रममा माओवादि केन्द्रका जिल्ला पार्टी इन्चार्ज लेखनाथ दाहाल राजनले अबिर तथा माला लगाएर पार्टी प्रवेश गराएका हुन्।
