जनता समाजबादी पार्टीको दोस्रो केन्द्रिय कार्यकारिणी समितिको बैठक ललितपुरमा सम्पन्न भएको छ । बैठकले पुर्ब प्रधानमन्त्री एबम बरिष्ठ नेता डा. बाबुराम भट्टराई लाई संघिय परिषद अध्यक्षमा सर्बसम्मत चयन गरेको छ । त्यसै गरि पार्टीको विधान संशोधन गरी केन्द्रीय समितिको आकार बढाएको छ ।

यसअघि केन्द्रीय समितिको संख्या ७०१ रहेकोमा जसपाले विधान संशोधन गरेर ८०१ बनाइएको हो । मंगलबार बसेको कार्यकारिणी समितिको बैठकले विधान संशोधन गरी सो संख्या थपेको कार्यकारिणी समितिका सदस्य रामसहाय यादवले बताए । त्यस्तै, अनुशासन सम्बन्धी प्रावधानमा पनि संशोधन भएको छ ।

अनुशासन उल्लघंन भएमा त्यसबारेमा संगठन विभागले पनि अनुसन्धान गर्ने प्रावधान विधानमा थपिएको स्रोतले जनाएको छ । यसैबीच जसपा नेपालले संसद सचिवालयबाट दिइएको दसैं भत्ता खारेजको माग गरेको छ । यदि खारेज नगरे जसपा नेपालले त्यो भत्ता नलिई कोभिड–१९ कोषलाई दिने निर्णय समेत गरेको छ । वैशाखमा तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपाल बिच एकीकरण भइ जनता समाजबादी पार्टी (जसपा) नेपाल बनेको थियो ।

