हेटौंडा । नेकपा एमालेबाट निर्वाचित बागमती प्रदेशका ११ सांसद एमाले त्यागेर माधव नेपालको नेतृत्वमा
गठित नेकपा ९एकीकृत समाजवादी० पार्टीलाई साथ दिने भएका छन् । मंगलबार वाग्मती प्रदेश निर्वाचन आयोगको कार्यालय हेटौंडामा उपस्थित भएर उनीहरुले नेकपा ९एस० लाई साथ दिने भन्दै दल हस्ताक्षरमामा सनाखत गरेका हुन् ।

एमाले छाडेर नेकपा ९एस०तिर जाने सांसदहरुमा राजेन्द्र पाण्डे, मुनु सिग्देल, बसुन्धरा हुमागाईं, लक्ष्मण लम्साल, राजेन्द्रमान श्रेष्ठ, पार्वती सिलवाल, इन्द्रमाया गुरुङ, माधव पौडेल, बसन्त मानन्धर, रमा आले मगर र कुसुमकुमार कार्की रहेका छन् ।

उनीहरुसँगै अझैँ पनि केही सांसदहरु एमाले छाडेर नेकपा ९एस० मा आउन लागेको बताइएको छ । अझैँ पनि १० जना सांसद एमाले छाडेर नव गठित पार्टीमा आउन लागेको बताइएको छ ।

माधव नेपाल निकट मानिएकी अष्टलक्ष्मी शाक्य नयाँ पार्टी गठन हुँदा नेपालको साथ छाडेर अध्यक्ष केपी शर्मा ओलीलाई साथ दिएकी थिइन् । र, लगत्तै प्रदेशको मुख्यमन्त्री पनि बनेकी थिइन् ।

बागमती प्रदेशमा बुहमत रहेको एमालेमध्ये नेपाल समूहका सांसदहरुले एमाले छाडेर नयाँ दलमा आएसँगै मुख्मन्त्री शाक्यको पद अल्पमतमा परेको छ ।