काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको संसदीय दलको नेतामा माधवकुमार नेपाल चयन हुनुभएको छ ।
आइतवार नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकले अध्यक्ष नेपाललाई सर्वसम्मत रुपमा संसदीय दलको नेतामा चयन गरेको हो ।
स्थायी कमिटीका सदस्य मुकुन्द न्यौपानेले नेपाललाई संसदीय दलको नेतामा प्रस्ताव गर्नुभएको थियो ।
यसैगरी, बैठकले राष्ट्रिय सभाको संसदीय दलको नेतामा वेदुराम भुसाललाई चयन गरेको छ ।
एमालेबाट भदौ ९ गते विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीले दलको मान्यता पाएको थियो ।
बैठकले संसदीय दलको विधान मस्यौदा समिति गठन गरेको छ । समितिमा भवानी खापुङ, निरादेवी जैरु, शेरबहादुर कुँवर र लक्ष्मी चौधरी छन् । एकजना राष्ट्रिय सभाबाट चयन हुनेछन् ।

