काठमाण्डौ । प्रदेश नंं.१ का मुख्यमन्त्री भीम आचार्यले २ जना मन्त्री नियुक्त गर्नु भएको छ । 

नेता माधवकुमार नेपालकोसाथ छाडेका लछुमन तिवारी र बलबहादुर साम्सोहाङलाई मुख्यमन्त्री आचार्यले मन्त्रीमा नियुक्त गर्नुभएको हो । ताप्लेजुङका साम्सोहाङ सामाजिक विकास मन्त्री र तेह्रथुमका सांसद तिवारी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बन्नुभएको हो । दुवैजना मन्त्रीले आजनै सपथ ग्रहण गर्नु भएको छ ।

मन्त्रिमण्डल विस्तारका लागि आज दिनभर छलफल भएको थियो । तर थप नाममा सहमति जुट्न नसकेपछि माधव समूह छाडेका दुई जनालाई मात्रै नियुक्त गरिएको हो ।००००