काठमाण्डौं । नेकपा एमालेले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पक्षका १४ जना सांसदहरुलाई कारबाही गर्न सभामुखको ध्यानाकर्षण गराएको छ । 

नेकपा एमाले समाजवादी पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका १४ जना सांसदलाई कारवाही गर्न प्रमुख सचेतक विशाल भट्टराई नेतृत्वको टोलीले सभामुख अग्निसापकोटाको ध्यानाकर्षण गराएको हो । एमालेले कारबाही गरेका सांसदसहित नेताहरुले माधव नेपालको नेतृत्वमा निर्वाचन आयोगमा नेकपा एमाले समाजवादी दार्ताका लागि निवेदन दिइसकेका छन् । पार्टीले कारबाही गरेको जानकारी एमालेले संसद सचिवालयमा गराइसकेको छ ।