काठमाडौं। सरकारले प्रदेश नं. २ को प्रदेश प्रमुखमा हरी शंकर मिश्रलाई नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति समक्ष मिश्रलाई नियुक्त गर्ने सिफारिस गरेपछि राष्ट्रपतिले मिश्रलाई आज (मंगलबार) प्रदेश प्रमुखमा नियुक्त गरेका हुन्।
यस अघि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले प्रदेश २ का प्रमुख डा. राजेश अहिराज झालाई प्रदेश प्रमुखमा नियुक्त गरेको थियो। सर्वोच्चले परमादेश जारी गर्दै गठबन्धनको सरकार बनेपछि झालाई हटाउँदै सरकारले मिश्रलाई प्रदेश प्रमुखमा नियुक्त गरेको हो।
राष्ट्रपति कार्यालयले मङ्गलबार प्रेस विज्ञप्ति जारी गेदै राष्ट्रपति श्रीमती विद्यादेवीले नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८/४/३२ गतेको बैठकको निर्णय र प्रधानमन्त्रीज्यूको सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम श्री हरिशंकर मिश्र, महोत्तरीलाई प्रदेश नं. २ को प्रदेश प्रमुखमा नियुक्त गरिएको जनाएको छ।

