काठमाण्डौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकता र विभाजनको दोबाटोमा पुगेको बताएका छन् ।
शनिबार बागमती प्रदेश सम्पर्क समितिको शपथ ग्रहण कार्यक्रममा उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीको एकलौटी गतिविधि एकता विरोधी रहेको बताए । ओलीले एकपछि अर्को एकलौटी काम गरिरहेकाले पार्टी एकताको आधार कमजोर हुँदै गएको उनको भनाई छ । नेता नेपालले पार्टी अध्यक्ष ओलीले पार्टीको विधान संशोधन गर्ने भनेपछि पार्टी एकताको कुरा गर्नेहरू पनि छ्याङ्ग भएको टिप्पणी गरेका छन् ।
उनले आफूले एकता चाहिरहेको तर पार्टी अध्यक्ष ओलीले विभाजन चाहेको उल्लेख गरे ।

