काठमाडौं। लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन्। लुम्बिनीप प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजिनामा दिएपछि नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन्।
प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको सरकार गठनका लागि आह्वान गरेका हुन्। लुम्बिनी प्रदेश प्रमुखको कार्यालयले आज सूचना जारी गर्दै २४ घण्टाभित्र सरकार गठनका लागि दललाई आव्हान गरेका हुन् । नयाँ सरकारमा दावी पेश गर्नका लागि बिहीबार अपराह्न ३ः०० बजेसम्मको समय दिइएको छ।

