काठमाडौं। मानुषी लघुवित्त वित्तीय संस्थाले जारी गरेको आईपिओमा आजदेखि आवेदन दिन सकिने छ। लघुवित्तको आईपिओमा आज साउन २७ गतेदेखि ३१ गतेसम्म आवेदन दिन सकिनेछ।
लघुवित्तले ३ करोड ९३ लाख ७५ रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता सेयरको आईपिओ सर्वसाधारणका लागि आजदेखि खुला गरेको हो। लघुवित्तले कुल शेयरमध्ये ०.५ प्रतिशत अर्थात् ५ हजार ४६९ कित्ता शेयर कर्मचारीहरूलाई र ५ प्रतिशत अर्थात् १९ हजार ६८८ कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ। सर्वसाधारणले भने बाँकी ३ लाख ६८ हजार ५९३ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्ने छन्।
लघुवित्तको धितो पत्र निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ । प्रत्याभुतकर्ता ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।

