काठमाण्डौं । आज संघीय संसदको दुवै सदनको बैठक बस्दैछ ।
राष्ट्रिय सभाको बैठक पनि आजै बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा विभिन्न प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । आजको बैठकमा विधायन व्यवस्थापन समिति सभापति परशुराम मेघी गुरुङले ‘रेल्वे विधेयक, २०७६’ सम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने कार्यसूचीमा उल्लेख छ । यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले ‘सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७’, ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७ माथि विचार गरियोस’ भन्ने प्रस्ताव पनि आजको बैठकमा पेस गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ ।
यस्तै, प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्नेछ । आजको बैठकमा राष्ट्रियसभाबाट उत्पति भएका विधेयक टेबल गर्ने सम्भावित कार्यसूची छ । आजको बैठकमा राष्ट्रिय सभामा उत्पति भएका नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ र नेपालब हवाई सेवा प्राधिकरण विधेयक, २०७६ बारे राष्ट्रिय सभाबाट प्राप्त सन्देश टेबुल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

