सृजना रसाइली, रामेछाप। खिम्ती–फर्पु–नामाडी–बेताली सडक खण्डको १६ किलोमिटर कालोपत्रे सडकको उद्घाटन गरिएको छ। आज मन्थलीमा आयोजित एक कार्यक्रममा बागमती प्रदेश मुख्यमन्त्री डोरमणि पौडेलले उदघाटन गर्नुभएको हो।
प्रदेश सरकारको २५ करोड ८५ लाखमा लगानीमा कालोपत्रे सडक निर्माण सकिएपछि आज उद्घाटन भएको हो । आजै मुख्यमन्त्री पौडेलले सरकारको मन्थली–मदौ–राल्टार–सालुको साढे ७ किलोमिटर सडक र मन्थली–गाल्वा–चौरीखोला, लखनपुर सडक खण्डको साढे १० किलोमिटर सडक उदघाटन गर्नुभएको छ । कालोपत्रेको काम सूरु गरिएको ३ बर्षपछि आज सडकको उद्घाटन गरिएको हो। उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री ३ वर्षको अवधिमा प्रदेश सरकारले राम्रो काम गरेको दाबी गर्नुभयो ।

