काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले फेरि प्रधानमन्त्री बन्न षड्यन्त्र नगर्न अध्यक्ष केपी शर्मा ओलीलाई चेतावनी दिएका छन्। शनिबार आयोजित अखिल फोर्सको भेलालाई सम्बोधान गर्ने क्रममा उनले फेरी प्रधानमन्त्री बन्नका लागि जालझेल र षड्यन्त्र नगर्न अध्यक्ष ओलीलाई सचेत गराउनु गराएका हुन्।
ओलीले दोस्रोपटक गरेको प्रतिनिधिसभा विघटनलाई असार २८ गते सर्वोच्च अदालतले बदर गरिदिएको फैसलाप्रति आफ्नो सम्मान रहेको उहाँको भनाई थियो । उहाँले प्रतिनिधिसभा जोगाउन आफूहरूले वर्तमान सरकारलाई विश्वासको मत दिएको प्रष्ट पारे। अध्यक्ष ओलीले आफुलाई पार्टीमा ठाउँ नभएको भनेर दिएको अभिव्यक्तिप्रति लक्षित गर्दै नेता नेपालले आफू तर्सेर भाग्ने र मैदान छाड्ने पक्षमा नरहेको बताए।
नेता नेपालले ओली समूह अराजक भएको भन्दै अखिल फोर्स अराजक नहुने बताए। उनले कसैमाथि आक्रमण गर्नका लागि फोर्स गठन नभएको पनि प्रष्ट पार्दै अहिलेको सरकारले राम्रा काम गर्नुपर्ने बताउँदै उहाँले राजतन्त्र ल्याउने कसैले सपना देखे त्यसलाई समेत ढाल्ने चेतावनी दिए । नेता नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाविरुद्धको खोपलाई प्राथमिकता दिएको विषय ठीक भए पनि घोषणा गरेर आनन्दित नबन्न सुझाव दिए। नेताहरूमा घोषणा गर्ने तर काम नगर्ने बानी रहेको भन्दै नेपालले देउवालाई त्यस्तो नबन्न सुझाव दिएका हुन्। यस्तै, नेता नेपालले दार्चुलास्थित महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनाको छानबिन पनि ध्यानाकर्षण गराएका छन्।

