काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) को संसदीय दलको नेतामा उपेन्द्र यादवलाई चयन गरिएको छ। निर्वाचन आयोगले पार्टीको आधिकारिकता यादव पक्षलाई दिएपछि आज बसेको संसदीय दलको बैठकले अध्यक्ष यादवलाई संसदीय दलको नेता चयन गरेको हो।

आज बसेको बैठकमा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अध्यक्ष यादवलाई दलको नेता प्रस्ताव गरेको र नेता महेन्द्र राय यादवले समर्थन गरेपछि उनी संसदीय दलका नेता बनेका हुन्।