काठमाडौं। जनता समाजवादी पार्टी जसपाको संसदीय दलको बैठक सुरु भएको छ ।

निर्वाचन आयोगले आधिकारिकता विवाद निरुपण गरेपछि बैठक पहिलो पटक बस्न लागेको हो । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा जारी बैठकले संसदीय दलको नेता चयन गर्नेछ । सर्वसम्मतीले दलको नेता चयनको प्रयास गर्ने तर सहमति नजुटे निर्वाचनमार्फत दलको नेता चयन गर्ने नेताहरुले बताएका छन् ।

त्यस्तै निर्वाचन समितिद्वारा निर्वाचन तालिकासहित विधि र प्रक्रिया सार्वजनिक गर्ने जसपाको तयारी छ । दलको बैठकमा २१ जना संघीय संसदको उपस्थिति रहेका छ ।०००