काठमाण्डौ । सत्तारुढ गठबन्धनले मन्त्रिपरिषदको भागबण्डा मिलाएको छ ।
आज बसेको सत्तारुढ गठबन्धनका नेताहरुको छलफलले माधव नेपाल पक्ष विनानै मन्त्रिपरिषदलाई पूर्णता दिने सहमती गरेको हो । शीर्ष नेताहरुको बैठकले काँग्रेसले प्रधानमन्त्री सहित ८ , माओवादी केन्द्र र जनता समाजवादी पार्टी जसपाले ७/७ मन्त्रालय पाउने सहमति गरेको हो । नेकपा एमालेको खनाल–नेपाल पक्षलाई सरकारी तथा संवैधानिक नियुक्तिमा अधिकतम अवसर दिने गरी काँग्रेस र माओवादी र जसपाले मन्त्रालयको भागबण्डा मिलाएका हुन् । बाँकी तीन राज्यमन्त्री कसले पाउने भन्ने विषयमा पनि सामान्य छलफल भएको बताइएको छ ।
गठबन्धनका शीर्ष नेताहरुको गोप्य बैठकपछि अहिले काँग्रेस र जसपाको छुट्टाछुट्टै बैठक बसिरहेको छ ।

