हेटौंडा । संघीय सरकार फेरिएपछि एमालेका प्रदेशका मुख्यमन्त्रीहरु समस्यामा परेका छन् ।
केन्द्र सरकारमा नेकपा एमालेका माधव नेपाल पक्षले नेपाली काँग्रेसका शेरबहादु देउवालाई प्रधानमन्त्री बनाउन सहयोग गरेपछि नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली पक्ष मुख्यमन्त्री र मन्त्रीहरु नै समस्यामा परेका हुन् । केन्द्रमा एमाले विवाद नमिल्दा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल समस्यामा परेका छन् ।
बागमती प्रदेशसभाका एमाले सांसदहरूले गण्डकीको हालत नव्यहोर्न आफैँभित्र समस्याको समाधान खोजिरहेका छन् । तर केन्द्रमा समस्या सामाधान हुने कुनै छाट छैन् । केन्दमा एमालेका माधव पक्ष र केपी पक्ष बीच छलफल चलिरहेको छ । छलफलले सहमति भन्दा पनि विवाद वृद्धि गरिरहेको छ । एमालेका तल्लो तहका नेताहरु एमाले मिलाएर लैजान पर्ने पक्षमा रहेका छन् । भने केही पक्ष सबै कम्युष्टि मिलाएर लैजान पर्छ भन्ने पक्षमा रहेको पाइन्छ । हालैको छलफलमा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले मुख्यमन्त्री डोरमणि पौडेलसहित अध्यक्ष केपी शर्मा ओली निकटस्थहरूलाई साढे ३ वर्ष सत्तामा बसेको र अब प्रदेश सरकारको नेतृत्व परिवर्तन गर्ने भनिरहेका छन् ।
एमाले बीचमा एकता गरेर एमालेका नै नयाँ मुख्यमन्त्री बनाउनले कुरा माधव समूहले अगाडि सारेको छ । केपी पक्षका मुख्यमन्त्री पौडेल पनि पावर सियरिङमा सकारत्मक देखिएको स्रोतले बतायो । मुख्यमन्त्री पौडेललाई साउन १५ गतेसम्म निक्र्यौल गर्न नेपाल समूहले समय दिएको स्रोतले दवि गरेको छ । केन्द्रको पछिल्लो राजनीतिक समीकरणलाई हेर्दा कांग्रेस र माओवादीले अविश्वास प्रस्ताव दर्ता गरे भने बाग्मती प्रदेश सरकार ढल्ने पक्का छ । नेपाल समूहका प्रदेश संसदले हाले भने प्रदेश सरकार ढल्ने छ ।
अहिले केन्द्रको गठबन्धन अनुसार नेपाल समूह अगाडि बढ्ने हो भने अर्काे नेता नयाँ मुख्यमन्त्री भएर आउने छन् । अहिले बाग्मती प्रदेशसभामा १ सय १० जना प्रदेश संसद मध्ये १ सय ९ जना सांसदको उपस्थिति छ । जसमा ५६ जना एमाले, २३ माओवादी, २२ कांग्रेस, १ स्वतन्त्र छन् । त्यसैगरी विवेकशील साझाको ३, राप्रपा २, नेमकिपा २ जना सांसद छन् । एमालेको ५६ मध्ये नेपाल पक्षमा २१ जना छन् । स्वतन्त्र पनि कांग्रेस निकट नै रहेकाले उसले समेत पौडेलको विपक्षमा मतदान गर्ने हुँदा पौडेलको विपक्षमा ७० जना पुग्ने हिसाब छ ।
त्यसैले एमालेले बेलैमा समस्या सामाधान गरेर अगाडि बढ्दा आफ्नै पार्टीका अर्का व्यक्ति वा पौडेल नै मुख्यमन्त्री रहने छन् ।

