रामेछाप । जिल्ला अस्पताल रामेछापमा पहिलो पटक भेन्टिलेटर सञ्चालनमा आउने भएको छ ।
जिल्ला अस्पताल रामेछापका अध्यक्ष रोशन पाख्रिनका अनुसार अस्पतालमा २ वटा भेन्टिलेर र ५ वटा आईसीयू वेड सञ्चालनमा आउने भएको हो । बागमती प्रदेश सरकारको सहयोगमा रामेछाप अस्पताललाई स्तरउन्नती गर्दै विशषेज्ञ डाक्टर सहित आइसीयू र भेन्टिलेर सञ्चालनमा ल्याउन लागीएको अध्यक्ष पाख्रिनले बताउनु भयो ।
आइसीयू र भेन्टिलेर खरिदको लागि सम्झौता भईसकेको आउने प्रक्रियामा रहेको उहाँले बताउनुभयो । साउन महिनाको अन्तिमबाट आइसीयू र भेन्टिलेर सहितको सुविधाबाट अस्पतालन संचालन हुनेछ । जिल्लामा आइसीयू र भेन्टिलेटर नहुँदा बिरामीलाई थप उपचारको लागि काठमाण्डौ ल्याउनुपर्ने वाद्यता थियो ।

