पछिल्लो समय जनता समाजबादी पार्टीमा प्रबेश गर्नेको संख्या दिनप्रती बढिरहेको छ । सोमबार पर्साको सखुवा प्रसौनी गाँउपालिकाको औराहामा नेकपा, काङ्ग्रेस लगाएत बिभिन्न पार्टी परित्याग गरि ७ सय १६ जना जनता समाजबादी पार्टीमा प्रबेस गरेका छन ।

जनता समाजबादी पार्टी सखुवा प्रसौनी गाँउपालिका समितिले आयोजना गरेको बृहत पार्टी प्रबेश कार्यक्रममा नव प्रबेशि ७ सय १६ जनालाई पार्टी केन्द्रिय अध्यक्ष उपेन्द्र यादव, पार्टीका बरिष्ट नेता एबम् पुर्ब प्रधानमन्त्री बाबुराम भट्टराई, पार्टी नेता एबम कार्यकारिणी सदस्य राजेन्द्र प्रसाद श्रेष्ठ, कार्यकारिणी सदस्य एबम् प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउत लगाएतका नेताहरुले अबिर, माला र खाता लगाई स्वागत गरेका थिए ।

कार्यक्रममा संघीय सांसद, प्रदेश मन्त्री, सांसद लगाएत पार्टीका नेता कार्यकर्ताहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

