सिन्धुलीमाढी। मरिण गाउाँपालिकाबाट नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सिन्धुलीको पार्टी भवन निर्माणको लागि ३१ लख भन्दाबढी आर्थिक सहयोग गरेको छ । मरिण गाउँपालिकाका माओवादी निकट सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मी र माओवादी पार्टीको तर्फबाट ३१ लख १४ हजार २ सय १५ रुपैयाँ हस्तान्तरण गरिएको हो।

आज माओवादी केन्द्र सिन्धुलीका अध्यक्ष राजन दाहालललाई मरिण गाउँपालिकाका अध्यक्ष पानीराज बम्जन, प्रवक्ता विमर्श मोक्तान लगाायत जनप्रतिनिधि, शिक्षक, स्वास्थ्यकर्मी, कर्मचारी त्यस्तै माओवादी केन्द्र मरिणका पार्टी अध्यक्ष गोपाल बुढाथोकी लगायतको उपस्थितीमा एकमुष्ठ रकम हस्तान्तरण गरिएको हो। जसमा जनप्रतिनिधिको तर्फबाट १० लाख ८० हजार ४ सय ८ रुपैयाँ, उद्योग बाणिज्य संघ, मरिण शाखाका अध्यक्ष चिनध्वज लामाको तर्फबाट ५५ हजार ५५५ रुपैयाँसहित पार्टी कार्यालयको तर्फबाट ४ लाख ५८ हजार ९ ससय ७२ रुपैयाँ, शिक्षकहरूको तर्फबाट ९ लाख ४८ हजार ६ सय, कर्मचारीको तर्फबाट ४ लाख ७८ हजार ६ सय ९३ रुपैयाँ र स्वास्थ्यकर्मीको तर्फबाट ३ लाख ११ हजार ६ सय ३० गरी ३१ लाख १४ हजार २ सय १५ रुपैयाँ हस्तान्तरण गरिएको हो।

मरिण गाउँपालिकाका अध्यक्ष पानीराज बम्जनले आफ्नो पार्टीको भवन निर्माण लागि अभियान सञ्चालन भएको देखिनै सहयोग सङ्कलनका लागि जुटेको बताए। उनले एमालेको जसरी वर्षै पिच्छे बजेट छुट्याएर भवन निर्माण गर्न बताउँदै माओवादी पार्टीसंँग आस्था राख्ने  व्यक्तिबाटनै सहयोग सङ्कलन गरेर पार्टी कार्यलयको भवन निर्माण गर्ने बताए । त्यसका लागि सम्पूर्ण मरिणबासीले सक्दो सहयोग गरेकोमा सम्पूर्ण मरिणबासीलाई धन्यबाद दिएका छन्। माओवादी केन्द्रका जिल्ला पार्टी अध्यक्ष दाहालले ओलीका कार्यकर्ताले एमाले र माओवादी एक पार्टी हुँदा भवनमा बसेको माओवादी पार्टीसँग भाडा मागेको बताए ।

वर्षै पिच्छे पार्टीकार्यालय स्थापना गर्न प्रदेश सरकारबाट बजेट छुट्याउने तर चार भागको एक भाग काम गरेर देखाँउँदै फेरी अर्काे वर्ष बजेट छुट्याउने प्रवृतिको प्रयोग नगरेको उनले बताए। सिन्धुलीमा अहिले पार्टी कार्यलय निर्माणलागि सहयोग मरिण बाहेक हालसम्म ५० लाख ३४ हजार ६ सय ९२ रुपैयाँ बैकमा जम्मा भैसकेको छ। माओवादी केन्द्रको पार्टी कार्यलय निर्माणको लागि कमलामई नगरपालिका -०६, भगवति बोर्डिङको छेउको जग्गा बैना गरिएको छ।