सिन्धुलीमाढी। ४३औँ पुष्पलाल स्मृति दिवसको अवसरमा राष्ट्रिय युवा संघ सिन्धुलीले आज सिन्धुलीमाढीमा वृक्षारोपण गरिएको छ । पुष्पलाल स्मृति दिवसको सम्झनामा राष्ट्रिय युवा संघ सिन्धुलीको आयोजनामा कमलामाई नगरपालिका ६ खुलामञ्चको छेउछेउमा वृक्षारोपण गरिएको हो।

'संरक्षण प्रकृतिको, सुरक्षा सन्ततीको' भन्ने नारा सहित राष्ट्रिय युवा संघ सिन्धुलीका अध्यक्ष देवराज वाईबाको अध्यक्षता तथा नेकपा एमाले सिन्धुलीका अध्यक्ष एवम् प्रदेश सांसद् प्रदिप कटुवालको प्रमुख आतिथ्यतामा वृक्षारोपण गरिएको हो। वातावरणिय प्रदुषणलाई न्यूनिकरण गर्ने उपायमा वृक्षारोपण पनि महत्वपुर्ण भएकाले स्मृती दिवसको अवसरमा वृक्षारोपण गरिएको युवा संघका अध्यक्ष वाइबाले बताए । खुलामञ्चको अगाडि खोलाको छेउछेउमा सौन्दर्य दिनेखालको असोक लगाायतको बिरुवा रोपिएको छ।

वृक्षारोपण कार्यक्रममा प्रदेश सांसद बिनोद खड्का लगायत एमालेका नेता तथा युवा संघका कार्यकर्ताको उपस्थिति रहेको थियो ।