काठमाडौं। सर्वोच्चको आदेशपछि प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले संसद्को बैठक सुरु हुने दिननै विश्वासको मत लिने भएपछि बसेको एमाले स्थायी कमिटीको बैठकले देउवालाई विश्वासको मत दिनेलाई पार्टीबाट निष्काशित गरिने निर्णय गरेको छ।
बैठकको निश्कर्ष सुनाउँदै पार्टी प्रवक्ता प्रदिप कुमार ज्ञवालीले पार्टिको निर्णय विपरित विपक्षि दलका प्रधानमन्त्रीलाई विश्वासको मत दिने आफ्ना पार्टीका सांसद्हरूलाई कारबाही गर्ने र पार्टीबाट निष्काशित गरिने निर्णय भएको बताएका हुन्।
त्यस्तै, विपक्षी गठबन्धनलाई सघाउँदै आएको नेपाल-खनाल पक्षले भने विपक्षी गठबन्धनलाई विश्वासको मत दिने बताउँदै आएका छन्। एमाले बरिष्ठ नेता झलनाथ खनालले अस्पतालबाटै विपक्षी गठबन्धनको प्रधानमन्त्री देउवालाई विश्वासको मत दिन आह्वान गरेका छन्। त्यस्तै, एमालेका नेत्री राम कुमारी झाँक्रीले पनि देउवालाई विश्वासको मत दिने बताएका छन्।

