काठमाडौं। सर्वोच्चको आदेशसँगै प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले संसद्‍मा आजै विश्वासको मत लिने भएका छन्।

गत असार २८ गते सर्वोच्च अदालतले संसद्को पुनस्थापना गरी शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन र साउन ३ गते संसद्को बैठक बोलाउन आदेश दिएको थियो।  प्रधानमन्त्री निकट स्रोतका अनुसार आजकै संसद् बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने तयारी छ।