काठमाडौं। नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले नियुत्ति सच्चियपछि पद तथा गोपनीयताको शपथ लिएका छन्। मंगलबार साँझ शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष देउवाले पद तथा गोपनीयताको शपथ लिएका हुन्।
सर्वोच्च अदालतले सोमबार परमादेश जारी गर्दै शेर बहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न भनेको थियो। सोही अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार दिउँसो देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्। राष्ट्रपति भण्डारीले प्रधानमन्त्री नियुक्तिमा संविधानको धारा उल्लेख नगरेको भन्दै देउवाले नियुक्ति सच्याएर मात्र शपथ लिने अडान लिएपछि राष्ट्रपति कार्यालयले नियुक्ति सच्याएको हो।
त्यस्तै नव नियुक्त प्रधानमन्त्री प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्समेत गठन गरेका छन्। प्रधानमन्त्री देउवाले नेपाली कांग्रेस र माओवादी केन्द्रबाट २-२ जना मन्त्री नियुक्त गरेका छन्। नेपाली कांग्रेसबाट बालकृष्ण खाँणलाई गृहमन्त्री र ज्ञानेन्द्रबहादुर कार्कीलाई कानूनमन्त्री माओवादी केन्द्रका जनादर्न शर्मा प्रभाकरलाई अर्थ र पम्फा भुसाल ऊर्जामन्त्रीको जिम्मेवारी दिने गरी नियुक्त गरेका छन्। चार मन्त्रीले पनि आजै सपथ लिएका छन्।

