काठमाडौं। सर्वोच्च अदालतले सोमबार परमादेश जारी गरी २४ घण्टा भित्र शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउन भनेपछि राष्ट्रपति कार्यालयले देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गरेको छ। तर, प्रधानमन्त्री पदको पद तथा गोपनियताको सथप मंगलबार(आज) ६ बजे तोकिएको भएपनि देउवा सपथ लिन गएका छैनन्।
प्रधानमन्त्री देउवाले राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा संविधानको धारा उल्लेख नगरेकाले आफू सपथ लिन नगएको जनाएका छन्। उनले संविधानको धारा ७६(५) अनुसार आफू प्रधानमन्त्री भएकाले सोही कुला उल्लेख गरी प्रधानमन्त्रीमा नियुक्त गर्न र सोही अनुसार सपथ राख्न अडान लिएका छन्।
राष्ट्रपति कार्यालयले विज्ञप्तिमा "सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट श्री सर्वोच्च अदालत, संवैधानिक इजलासको मिति २०७८/३/२८ को फैसला बमोजिम प्रतिनिधिसभाका सदस्य एवम् नेपाली कांग्रेस संसदीय दलका नेता माननीय श्री शेरबहादुर देउवाज्यूलाई प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको छ।" उल्लेख गरेको थियो।
देउवाको अडान पछि राष्ट्रपति कार्यालयले विज्ञप्ति सच्याउन लागेको बुझिएको छ।
राष्ट्रपति कार्यालय द्वारा जारी विज्ञप्ति:

