काठमाडौं। नेपालमा सक्रिय रहेको मौसमले थप केही दिनसम्म झरी जारी रहने मौसमविद्ले बताएका छन्। मौसम विज्ञा विभागका मौसम विदका अनुसार तत्काल मौसम खुल्ने सम्भावना नदेखिएको बताएका छन्।

विभागका अनुसार अब निरन्तर तीनदिनसम्म झरी जारी रहन्छ। देशको सबै जसो भागमा हल्कादेखि मध्यम र केही ठाउँमा भने ठूलो पानी पर्ने सम्भावना रहेको छ। पछिल्लो २४ घण्टामा बागमती र गण्डकी प्रदेशमा धेरै पानी परिरहेको छ। पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै चितवनको गोविन्द बस्तीमा एक सय ६३ दशमलव ८ मिलीमिटर पानी परेको छ भने कल्याणपुरमा एक सय २१ दशमलव २ मिलीमिटर पानी परेको छ ।

अहिले प्रदेश-१ को पहाडी क्षेत्र, बागमती, गण्डकी, कर्णाली र प्रदेश नम्बर दुईमा पानी परिरहेको छ। आज दिनभर देशभर पानी पर्नेछ भने प्रदेश-१, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा ठूलो पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको  छ।