काठमाडौं। नेकपा माओवादी केन्द्र परित्याग गरी नेकपा एमालेमा आवद्ध पूर्वमाओवादी नेताहरुले नेकपा माओवादी केन्द्रको दल दर्ता खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन्। बुधबार माओवादी केन्द्र परित्याग गरी एमाले प्रवेश गरेका राम बहादुर थापा बालदल समूहका नेताहरूले दल खारेजीको माग राख्दै आयोगमा निवेदन दिएका हुन्।
पूर्व माओवादी बादल समूहका नेताहरूले निर्वाचत आयोगमा बुझाएको निवेदनमा माओवादी केन्द्रले वि.सं. २०६९ यता महाधिवेशन नगरेको र १३ साउन २०७३ मा पार्टी एकताका नाममा आयोगलाई झुक्याएको भन्दै उनीहरुले माओवादी केन्द्रको एकता खारेज गर्न माग गरेका हुन्।
आयोगमा निवेदन दर्ता गर्न अधिवक्ता सरोज बुढाथाकीसँगै एमाले नेता लीलबहादुर थापा, रामचन्द्र मण्डलसहित पूर्व माओवादी नेताहरू आयोग पुगेका थिए। सर्वोच्च अदालतले गत २३ फागुनमा साविकको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकता खारेज गरेपछि उनीहरू नेकपा एमालेतिर लागेका हुन्।
एमालेतिर लागेका कारण तत्कालील प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी, राष्ट्रियसभा सदस्य रामबहादुर थापा बादल, प्रदेशसभा सदस्य मण्डल लगायतलाई माओवादी केन्द्रले कारबाही गरेको थियो।
निर्वाचन आयोगमा पेश गरेको निवेदन:

