सिन्धुलीमाढी। नेपाल पत्रकार महासंघ बागमती प्रदेश कार्यसमितीले सिन्धुलीका अग्नि पीडित पत्रकार राजन परियारलाई २५ हजार आर्थिक सहयोग गरेको छ। आज सिन्धुलीमाढीमा एक औपचारिक कार्यक्रमबीच नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष शिव देवकोटाले अग्नि पीडित परियारलाई २५ हजार आर्थिक सहयोग गरेका हुन् ।
रेडियो सिन्धुली आवाजका स्टेसन म्यानेजर राजन परियारको सिन्धुलीको फिक्कल गाउँपालिका ३ चनौटेमा गत जेठ ७ गते घरमा आगो लागि भएको थियो । बागमती प्रदेश कार्यसमितीका सचिव युबराज पुरी, संगठन सचिव राजन गाउँले, सदस्य अन्जु डिम्दोङ, त्यस्तै जिल्ला कार्यसमिती अध्यक्ष कृष्णहरी घिमिरे लगाायतको उपस्थितीमा सहयोग प्रदान गरेको थियो ।
अग्नि पीडित परियारको परिवारलाई केही राहत मिलोस भनेर बागमती प्रदेश कार्यसमितीले २५ हजार आर्थिक सहयोग गरेको अध्यक्ष देबकोटाले बताए । त्यस्तै बागमती प्रदेश कार्यसमितीले नेपाल पत्रकार महासंघ सिन्धुली जिल्ला कार्यसमितीलाई स्वास्थ्य सामाग्री पनि प्रदान गरेको छ । जिल्लामा सक्रिय श्रमजिबि पत्रकारलाई सुरक्षित भई काम गर्नेका लागि स्वास्थ्य सामाग्री बितरण गरिएको बताईएको छ ।
त्यस्तै बागमती प्रदेश कार्यसमितिले नेपाल पत्रकार महासंघ सिन्धुली जिल्ला कार्यसमितीलाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ । जिल्लामा सक्रिय श्रमजीबी पत्रकारलाई सुरक्षित भई काम गर्नेका लागि स्वास्थ्य सामाग्री वितरण गरिएको बताईएको छ। साथै जिल्लामा कोभिडको समस्याको विषयमा पनि छलफल भएको र बागमती प्रदेश समितिका अध्यक्ष देबकोटाले कोरोना माहामारीको समयमा आफू सुरक्षित भइ सत्य तथ्य समाचार प्रकाशन गर्न जिल्ला स्थित सम्पूर्ण सञ्चारकर्मीहरूलाई अनुरोध गर्नु भएको छ ।
