राष्ट्रिय आदिबासी जनजाति महिला महासंघले भुमी अधिकार माथी राजनितिकर्मी र सरोकारवालाहरु सँग मिडिया अभियान कार्यक्रम सम्पन्न गरेको छ । भुमी, जल जंगल र जमिनमा आदिबासी महिलाहरुको पहँुच कस्तो छ र कसरी उपभोगको गरिरहेका छन् भन्ने बारे जानकारी लिन र आगामी दिनमा सरोकारवाला निकायहरु लाई आदिबासी महिला प्रती अझ कसरी जिम्मेवार बनाउन सकिन्छ भन्ने उदेश्यका साथ कार्यक्रम आयोजना गरिएको महासंघका कोषाध्यक्ष निर्मला भुजेलले बताए ।

मंगलबार प्रदेश–१ को राजधानी मोरङको बिराटनगरमा सम्पन्न कार्यक्रममा राष्ट्रिय आदिबासी जनजाति महिला महासंघका सचिब साबित्रा चेपाङ, कोषाध्यक्ष निर्मला भुजेल,  एड्भोकेसी पोलिसी अफिसर पज्ञावती राई, प्रशिक्षक कमला थापा, प्रदेश–१ भुमी ब्यबस्था, कृषी तथा सहकारी मन्त्रालयका भुमि ब्यबस्थापन महाशाखाका प्रमुख बलराम निरौला , डिभिजन बन कार्यालयका अधिकृत बिशाल घिमिरे, सुनबस्ती नगरपालिकाका उप मेयर मन्जु राई, कटहरी गाँउपालिका प्रमुख राम कुमार कामद, साजेदारी बन ब्यबस्थापन समितिका अध्यक्ष दिपनारायण चौधरी, राजनितिक दलका प्रतिनिधी, संचारकर्मी, स्थानिय आदिबासी उराँव, ताजपुरिया, मण्डल, राजबंशी, धिमाल लगाएतका आदिबासी जाति समुदायको सहभागितामा बृहत छलफल भएको थियो ।

 

 

महासंघको प्रदेश उपाध्यक्ष आशा सरदारको अध्यक्षता संचालन भएको अभियान कार्यक्रमलाई महासंघका सचिव साबित्रा चेपाङले सहजिकरण गरेका थिए । यस अभियान कार्यक्रम पुर्व तिन दिन सुनसरीको धरानमा बिभिन्न आदिबासी जनजाति महिलाहरुको सहभागितामा आदिबासी जनजातिको मानव अधिकार संरक्षक सम्बन्धी तालिमको आयोजना गरिएको थियो । तालिममा आदिबासी अभियन्ता कमला थापाले प्रशिक्षण दिएका थिए । 

 

 

त्यसै गरि मंगलबार नै झापा जिल्लाको  बिर्तामोडमा पनी मिडिया अभियान कार्यक्रम संचालन गरिएको थियो । बिर्तामोडमा सम्पन्न भएको कार्यक्रममा राष्ट्रिय आदिबासी जनजाति महिला महासंघका उपाध्यक्ष लखी गणेश, महासचिब जुनिता राई, सचिव मन्जु धिमाल, सचिब नानु थामी, लेखा अधिकृत मिना लामा, बिर्तामोड नगरपालिकाका सदस्य द्रौपदा गणेश, डिभिजन बन कार्यालय अधिकृत बिष्णु लाल घिमिरे, रानी सामुदायिक बनको अध्यक्ष नरेन्द्र कुमार आङदेम्बे, राजनितिक दलका प्रतिनिधी, संचारकर्मी साथै स्थानिय आदिबासी राजबंशी, मेचे, धिमाल, गंगाई लगाएत आदि जाति समुदायको उपस्थिती रहेको थियो ।

 

 

मिडिया अभियान कार्यक्रममा महासंघ महासचिब जुनिता राइले सहजिकरण गरेका थिए भने सहभागीहरुले आ–आफ्नो बिचार ब्यक्त गरेका थिए । झापामा मिडिया अभियान कार्यक्रम हुन पुर्ब स्थानिय आदिबासी महिलाहरुलाई एक दिबसिय भुमी अधिकार सम्बन्धी प्रशिक्षण दिइएको थियो भने एक दिन धिमाल युवा हरुलाई आफनो परम्परागत ज्ञान सिपमा आधारित आत्मानिर्भर स्वरोजगार तालिम दिइएको थियो ।