जनचासो खबर, काठमाडौं । प्रदेशको नाम र स्थायी राजनधानी तोक्ने विषयमा छलफलका लागि बोलाइएको प्रदेश ५ प्रदेश सभामा प्रमुख विपक्षी दल नेपाली कांग्रेसले तोडफोड गरेका छन् ।

प्रदेश ५ को स्थायी राजधानीका लागि दाङको भालुवाङ र राजधानीको नाम लुम्बिनी राख्न प्रदेश सरकारले गरेको प्रस्तावको विरोध गर्दै कांगेस सांसदहरुले नाराबाजी गरेपछि संसद बैठक अवरुद्ध भइ केही समय स्थगित नै हुनपुग्यो ।

पुन सुरु भएको बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले छलफलको प्रस्ताव पेस गर्दै गर्दा विरोध गरिरहेका सांसदहरुले एकाएक कुर्सीहरु उचाल्दै टेबलमा पछार्दै सबै माइक, टेबल र कुर्सीहरु छरपस्टै पारिदिए ।

सभामुख पूर्णबहादुर घर्तीले संशोधनका लागि २४ घन्टा समय दिए । सभाको अन्त्य हुँदासम्म मर्यदापालकहरुले सभामुख घर्ती चौतर्फी सुरक्षा दिनुपर्ने अवस्था भएको थियो ।