काठमाडौै। प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा सोमबार (भोली) का लागि हेर्दाहेर्दैमा राखेको छ। आजको बहस पनि मूल मुद्दामा प्रवेश नगरी सकिएकाले मुद्दा हेर्दाहेर्दैमा भोलीका लागि सारिएको हो।
संवैधानिक इजलासको आजको सुनुवाइमा इजलासमा रहेका न्यायाधीश रहन हुने कि नहुने भन्ने विषयमा बहस भयो । बहसमा महान्यायाधिवक्ता रमेश बडाल, सरकारी वकिल र प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट आएका कानुन व्यवसायीले न्यायाधीशद्वय दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले इजलास छोड्नुपर्ने जानकारी दिएका थिए ।
प्रतिनिधिसभा विघटनविरुद्ध रिट लिएर सर्वोच्च गएका शेरबहादुर देउवासहित १ सय ४६ सांसदलगायत कानुन व्यवसायीले भने वरिष्ठताका आधारमा इजलास गठन गरिएकाले अब इजलासबारे नभई रिट निवेदनमाथि बहस हुनुपर्ने माग गरेका थिए ।
संवैधानिक इजलासमा न्यायाधीश रहने र नरहनेबारे दिनभर बहस भए पनि आदेश भने आउन सकेन् ।

