काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् विस्तार गरेका छन्। नयाँ गठन गरिएको मन्त्रिपरिषद्‍मा जसपाका केही नेताहरूलाई समेत मन्त्री बनाएका छन्। 

मन्त्रिपरिषद्को कार्यविभाजनमा प्रधानमन्त्री केपी शर्मा ओलीले रक्षा, गृह,सञ्चार, पर्यटन, कृषि, उद्योग वाणिज्य र सामान्य प्रशासन मन्त्रालय आफूले हेर्ने भएका छन्। उपप्रधानमन्त्री तथा अर्थमन्त्रीमा विष्णु पौडेल, राजेन्द्र महतोलाई उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्रालय, रघुवीर महासेठलाई उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्रालय, शेरबहादुर तामाङलाई स्वास्थ्यमन्त्री, कृष्णगोपाल श्रेष्ठलाई शिक्षा मन्त्री, बसन्तकुमार नेम्वाङ लाई भौतिक पूर्वाधार तथा यातायात मन्त्री, लीलानाथ श्रेष्ठलाई मन्त्री, कानून न्याय तथा संसदीय मामिला मन्त्री, शरतसिंह भण्डारीलाई ऊर्जा मन्त्री, अनिल झालाई, खानेपानी तथा सरसफाई मन्त्री, विमल श्रीवास्तवलाई श्रम तथा रोजगार मन्त्री, उमाशंकर अरगरियालाई वन तथा वातावरण मन्त्री, लक्ष्मणलाल कर्णलाई भूमि व्यवस्था मन्त्री, चन्दा चौधरीलाई  महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री, एकवाल मियाँलाई युवा तथा खेलकुद मन्त्री र चन्द्रकान्त चौधरीलाई र रेणुका गुरुङलाई राज्यमन्त्री क्रमश उर्जा र महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय रहने गरी जिम्मेवारी दिईएको छ। 

नवनियुक्त मन्त्रीहरूलाई आजै शपथ ग्रहण गराइने भएको छ । राष्ट्रपति कार्यालयका अनुसार बेलुकी ८ बजे शीतल निवासमा नवनियुक्त मन्त्री एवं राज्यमन्त्रीहरूको शपथ ग्रहण समारोह राखिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज जसपाका ८ मन्त्री र २ राज्यमन्त्रीलाई सरकारमा सहभागी गराउँदै छन् । त्यस्तै एमालेबाट वर्तमान अर्थमन्त्री विष्णु पौडेलले उपप्रधानमन्त्री, शेरबहादुर तामाङले स्वास्थ्य मन्त्री र रघुवीर महासेठले परराष्ट्र मन्त्रीका रूपमा शपथ लिँदै छन् ।