जनता समाजवादी पार्टी (जसपा) ले अध्यक्ष महन्त ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्यद्वय लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरेको जनाएको छ। समाजवादी पार्टीको मङ्गलबार बसेको बैठकले त्यस्तो निर्णय गरेको हो।
जसपाका प्रवक्ता डम्बर खतिवडाको हस्ताक्षरित प्रेस विज्ञप्तिमा ठाकुर समूहले पार्टीको एजेण्डा, नीति तथा निर्णयविपरीत संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, पहिचान, समानुपातिक समावेशिताका विरोधी समेत रहेका केपी ओलीलाई साथ दिएपछि पार्टीले उनीहरुलाई पटकपटक सचेत गराएको तर ठाकुर समूह भने बेवास्ता गरि पार्टीको नीति बिपरित लागेको कारण कार्वाही गरेको जनाइएको छ । जसपाको कार्यकारिणी समितिको बैठकले नै ठाकुरसहितका चार नेतालाई पार्टी नीति र निर्णय विपरीत चलेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरि ११ गते पहिलो पटक तीन दिने स्ष्टीकरण सोधेको थियो । सोको जवाफ नपाएपछि पुनः जेठ १५ गते दोस्रो पटक २४ घण्टे स्पष्टीकरण सोधेको र सोको पनि जवाफ नआए पछि जेठ १७ गते जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टी सदस्यसमेत नरहने गरी निस्कासन गर्ने निर्णय गरिएको विज्ञप्तिमा भनिएको छ ।
उनीहरूले काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार प्रति गामी रहेको र उनका मतियारको रूपमा पार्टी भित्र गतिविधि बढाउन लाग्न थाले पछी पार्टीले उक्त निर्णय लिएको निश्कर्ष निकालेका छन्। जसपाको बैठकले लोकतन्त्र, गणतन्त्र, संघीयता, समावेशी, धर्मनिरपेक्षता बिरोधि कसैलाई पनि नछाड्ने र पार्टी भित्र अझै केही व्यक्तिहरू पनि त्यस्ता प्रतिगमनकारीको मतियारका रूपमा दुत बनेर रहेको र उनीहरू तत्काल नसच्चिय कारबाही गर्ने बताएका छन् । जनताको निर्वाचित प्रतिनिधिसभालाई दुई/दुई पटक विघटन गर्ने, अलोकतान्त्रिक, असंवैधानिक, निरंकुश, अधिनायकवादी, प्रतिगमनकारी कदमका विरुद्ध पार्टीले जस्तोसुकै चुनौतीको सामना गरेर भएपनि अगाडि बढने र प्रतिगामी लाई घुडा टेकाइ छाड्ने लगायतका विषयमा छलफल भएको छ।

