काठमाडौं। नेपाल सरकारले बजेट भाषण गरेको भोलिपल्ट विपक्षी गठबन्धनले देशमा दीर्घकालिन असर पर्ने खालको कुनै काम कारवाही नगर्न सरकारलाई चेतावनी दिएको छ। आज विपक्षी गठबन्धनका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेलले संयुक्त वक्तव्य जारी गरी सरकारलाई यस्तो चेतावनी दिएका हुन्।
प्रतिनिधिसभाको पुनःस्थापना र प्रतिनिधिसभाका १४९ सदस्यहरुको हस्ताक्षरमा विकल्प प्रधानमन्त्रीका रुपमा आफूहरुले दाबी गरिरहेको अवस्थामा देश र जनतालाई दीर्घकालिन असर पर्ने कुनै किसिमको काम कारवाही नगर्न विपक्षी गठबन्धनले चेतावनी दिएको हो।
त्यस्तै, पाॅच दलको संयुक्त बक्तव्य जारी गरेपछि जसपाका संघीय परिषद् संयोजकसमेत रहेका डा. बाबुराम भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमार्फत 'प्रम ओलीका बजेट प्रस्तुती लगायतका थप असंवैधानिक कदमको भर्त्सना ! असंवैधानिक सरकारका अवैधानिक काममा साथ नदिन राज्यका सबै अंग/निकायलाई आग्रह! सबै दलका कार्यकर्ता र आम जनसमुदायलाई निरन्तर खबरदारी गर्न आग्रह! अदालतबाट संसद पुनर्स्थापना हुने विश्वास!' प्रतिक्रिया दिएका छन्।
संयुक्त प्रेस वक्तव्य:

