काठमाडौं। बजेटको पूर्व सन्ध्यामा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्रीले सरकारी निवास वालुवाटारबाट दिउँसो ४ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
गत, जेठ ७ मध्यरातमा संसद् विघटन गरिएसँगै नयाँ आर्थिक वर्षको बजेट अध्यादेशबाट ल्याउने कसरत तयारी भइरहेको छ। संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते सांसदमा बजेट पेस गर्नुपर्ने व्यवस्था रहेको छ ।

