काठमाडौं। सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन र काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै परेका रिटमाथिको प्रारम्भिक सुनुवाइ थाले पनि अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। रिट निवेदकले अन्तरिम आदेशमार्फत प्रतिनिधिसभा विघटन र नयाँ निर्वाचनको घोषणा बदर गर्न माग गर्दै देउवालाई प्रधानमन्त्री नियुक्तिको परमादेश माग गरेको  भए पनि तत्काल अन्तरिम आदेश दिन अस्विकार गरेको हो।

अब सबै रिटमाथिको सुनुवाइ संवैधानिक इजलासमा हुने प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासले आदेश दिएको छ । सर्वोच्चमा आज देउवाको पक्षका १४ र चुनावको पक्ष तथा केपी ओलीलाई प्रधानमन्त्री नियुक्तिको माग गर्दै ४ परेका चार वटा रिटमाथि सुनुवाइ भएको हो ।