काठमाडौं। प्रतिनिधिसभा विघटनविरुद्धका रिटमाथिको सुनुवाइ आज शुरु हुने भएको छ। सर्वोच्चले आज अन्तरिम आदेश माग गरिएका १९ वटा रिट निवेदनको सुनुवाइ हुने जनाएको हो।
संवैधानिक इजलासमा सुनुवाइको माग भएका ११ रिटको शुक्रबार (जेठ १४ गते) का लागि पेशी तोकिएको छ।
मन्त्रिपरिषद्को सिफारिसमा गत जेठ ७ गते राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६(५) बमोजिमको प्रधानमन्त्री नियुक्ति हुने आधार नरहेको भन्दै संसद विघटन गरी आगामी कार्तिक २६ गते र मंसिर ३ गतेका लागि मध्यावधि निर्वाचन घोषणा गरेपछि त्यसविरुद्ध ३० वटा रिट दर्ता भएको थियो।
संसद विघटन असंवैधानिक भएको जिकीर गर्दै र धारा ७६(५) अनुसार शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने माग गर्दै विपक्षी गठबन्धनका १४६ जना सांसदले सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन्।

