काठमाडौं। माधव नेपाल समुहका २३ सांसद्ले संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्न हस्ताक्षर गरेका छन्। नेकपा माओवादी केन्द्र र नेपाली काङ्ग्रेससहितको विपक्षी गठबन्धनमा नेपाल समुहका सांसदहरूले हस्ताक्षर गरेका हुन्।
यस अघि देउवालाई प्रधानमन्त्रीका लागि समर्थन गरेका २६ सांसद हस्ताक्षर गरेका थिए । हस्ताक्षर गर्नेहरू यस प्रकार छन्।
१. झलनाथ खनाल,
२. माधवकुमार नेपाल,
३. भीम रावल,
४. घनश्याम भुसाल,
५. सुरेन्द्र पाण्डे,
६. मुकुन्द न्यौपाने,
७. रामकुमारी झाँक्री,
८. विरोध खतिवडा,
९. जीवनराम श्रेष्ठ,
१०. सोमप्रसाद पाण्डे,
११. कृष्णलाल महर्जन,
१२. झपट रावल,
१३. निरादेवी जैरू
१४. सरला यादव,
१५. कल्याणी खड्का,
१६. लक्ष्मी चौधरी,
१७. कलिला खातुन,
१८. पुष्पाकुमारी कर्ण कायस्थ,
१९. भवानीप्रसाद खापुङ,
२०. यज्ञ सुनुवार,
२१. दीपकप्रकाश भट्ट,
२२. नारायण खतिवडा
२३. मेटमणि चौधरीले
देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि समर्थन गरेका माधव नेपाल पक्षका २६ सांसदमध्ये गोकर्ण विष्ट, पवित्रा निरौला खरेल र गणेश पहाडीले भने सांसद विघटनको विपक्षमा हस्ताक्षर गरेका छैनन्। देउवाले १४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्री नियुक्तिका लागि राष्ट्रपतिसमक्ष दावी गरे पनि राष्ट्रपतिले नियुक्त नगर्नु असंवैधानिक भन्दै विपक्षी गठबन्धनका सांसदहरुले सोमबार सर्वोच्च अदालतमा रिट दायर गर्ने तयारी गरेका छन् ।

