काठमाडौं। काठमाडौँ उपत्यकासहित देशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागले आज पहाडी क्षेत्रको केही स्थानहरूमा स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको हो।

आज पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने र तराइका भू–भागमा आंशिक बदली रहने जनाएको छ। आज राति पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र तराईका भू–भागमा आंशिक बदली रहने छ ।

प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । काठमाडौँमा अपरान्हपछि बदलीको सम्भावना रहेको पूर्वानुमान छ ।