काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले अहिलेको राजनीतिक समस्याको उचित समाधान जनमतसङ्ग्रहमार्फत हुने दाबी गरेका छन्। राजनीतिक प्रतिबन्ध फुकुवा भएपछि राजनीतिक मुलधारमा आएका विप्लवले मध्यराती राष्ट्रपतिबाट संसद् विघटनको घोषणा गरेको विषयलाई लिएर शनिबार आफ्नो पार्टीको धारणा राख्दै प्रेस विज्ञप्ति मार्फत त्यस्तो जनाएका हुन्।
विज्ञप्तिमार्फत उनले झण्डै दुईतिहाइ जनमतसहित बनेको नेकपा र केपी शर्मा ओली नेतृत्वको सरकार असफल भएकै कारण पटक पटक संसद विघटन भएको बताएका छन्। विज्ञप्तिमा कुनै व्यक्ति, पार्टी र सरकारको मात्र समस्या नभएरै संसदीय व्यवस्थाकै समस्या भएको र त्यसका लागि जनमत सङ्ग्रहमा जानु आवश्यक रहेको उनले ठहर गरेका छन्।
विज्ञप्तिमा लेखिएको छ 'राज्यको संकटलाई उचित निकास दिन संसदवादी पार्टी, नेता र सरकार असफल भएपछि यसको जिम्मा प्रत्यक्ष जनतालाई प्रदान गर्नुपर्छ, त्यो भनेको आजको विशिष्ट स्थितिमा वैज्ञानिक समाजवाद वा दलाल पूँजीवाद रोज्ने अधिकार जनमत संग्रहद्वारा जनतालाई प्रदान गर्नुपर्छ । जनमतसंग्रहका लागि राजनीतिक दलहरु तयार हुने हो भने त्यसका लागि हाम्रो पार्टी संयुक्त सरकार बनाएर निकासका लागि तयार रहेको स्पष्ट पार्न चाहन्छौँँ ।
विज्ञप्तीको जस्ताको त्यस्तै:

