काठमाडौं। पूर्व राजा ज्ञानेन्द्रले नेपालको पछिल्लो राजनीतिक घटनालाई लिएर सामाजिक सञ्जालमा आक्रोस पोखेका छन्। सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले जनताको स्वास्थ्य जस्तो गम्भिर समस्यालाई थाती राखेर सत्ता र शक्तिको बलमा स्वार्थका लागि देशलाई दुर्घटनातर्फ लानेलाई जनताले क्षमा नगर्ने भन्दै आक्रोश पोखेका हुन्।
उनले ट्वीट गर्दै भनेका छन् "यस वैश्विक महामारीको सङ्कटका बेला जन दायित्त्वबाट पन्छिनका लागि असामयीक राजनैतिक जालझेल श्रृजना गरी, जनताको स्वास्थ्य जस्तो गम्भिर समस्यालाई थाती राखेर सत्ता र शक्तिको बलमा स्वार्थका निम्ति देशलाई दुर्घटना तर्फ धकेल्ने शासक र उनका मतियारको अपराधलाई जनताले कहिले क्षमा गर्नेछैनन्।"

