काठमाडौं। शुक्रबार मध्यराती राष्ट्रपतिले दोस्रो पटक संसद् विघटन भएको घोषणा गरेसँगै नेपाली राजनीतक तातेको छ। यतिबेला विपक्षिदलहरूका गठबन्धन कानूनी उपचार खोज्ने छलफलमा लागेका छन्।
विपक्षी गठबन्धनको बिहान ११ बजेदेखि संसद भवनको ल्होत्से हलमा बैठक बसीरहेको छ। गठबन्धनमा आबद्ध बैठकमा उपस्थित नेताहरूका अनुसार बैठकमा प्रधानमन्त्री र राष्ट्रपतिको कदमबिरुद्ध कानुनी उपचार खोज्ने विषयमा केन्द्रीत रहेर छलफल छलफल चलिरहेको बताएका छन्।
जेठ ७ गते (हिजो) बेलुकी ५ बजेसम्म समयसीमा तोकेर राजनितिक दलका नेताहरूलाई नयाँ सरकारको लागि राष्ट्रपतिले आह्वान गरेकी थिईन्। सोही अनुरुप प्रधानमन्त्री केपी शर्मा ओली १ सय ५३ सांसद् र पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा १ सय ४९ सांसद्को हस्ताक्षरसहित शितल निवास पुगेका थिए। तर, राष्ट्रपति भण्डारीले दाबीको ठोस आधार र ठहर हुन नसकेको प्रतिक्रिया दिएकी थिईन्। त्यस लगत्तै शुक्रबारसाँझ बसेको मन्त्रिषरिषद् बैठकले संसद् विघटनको सिफारिस गर्यो र अन्तत: मध्यरातमा संसद् विघटन भएको घोषणा भएको थियो।

