काठमाडौं। राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा (५) अनुसारको सरकार गठनका लागि आह्वान गरेपछि आज ओली र देउवा नै राष्ट्रपति समक्ष प्रधानमन्त्री पद दाबी गर्न शितल निबास पुगेका छन्।
राष्ट्रपति कार्यालयका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६(५) अनुसारको सरकार गठनका लागि राष्ट्रपति समक्ष एमालेका १ सय २१ र जनता समाजपार्टी नेपाल (जसपा) का ३२ सांसद् सहित १५३ सांसदको आफूलाई समर्थन रहेको जनाउँदै विपक्षी पुग्नु अघि नै प्रधानमन्त्रीको माग दाबी गरेर शितल निवासबाट फर्किएको जनाएको छ।

