काठमाडौं। सर्वोच्च आदातले बिहीबार दिएको अन्तरिम आदेशसँगै ओली नेतृत्वको सरकारको ७ मन्त्रीहरूको पद रिक्त बनेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त सांसद नरेहेका मन्त्रिहरूको काम प्रधानमन्त्री मातहन जिम्मेवारी सम्हाल्ने गरी जिम्मेवारी दिएकी छन्। 

राष्ट्रपति का र्यालयले शुक्रबार विज्ञप्ति जारी गर्दै अदालतले दिएको अन्तरिम आदेशअनुसार मुद्दाको टुङ्गो नलाग्दासम्म गृह, उर्जा, जलस्रोत तथा सिँचाई, उद्योग, बाणिज्य तथा आपूर्ति, शहरी विकास, खानेपानी, श्रम, रोजगार तथा समामाजिक सुरक्षता र युवा तथा खेलकुद मन्त्रालय प्रधानमन्त्रीले नै जिम्मेवारी सम्हाल्ने गरी जिम्मेवारी तोकिएको छ।