काठमाडौं। राष्ट्रपति विद्यादेवी भट्टराईले हिजो २१ घण्टे समयसीमा तोकेर राष्ट्रिय सहमतिको सरकारको लागि आह्वान गरेको समयसीमा नसकिँदै प्रधानमन्त्री पदमा केपी शर्मा ओली र शेरबहादुर देउवाको मागदाबी पेश भएको राष्ट्रपति कार्यालयले जनाएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना १२१ सांसद् सहित जसपाका १६ सांसद् सहितको बहुमत देखाएका छन् भने पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी तीन पाटीको १४९ सांसदको हस्ताक्षर सहित प्रधानमन्त्रीको पद दाबी पेश गरेका छन्।

