काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६ को उपधारा (५) बमोजिमको सरकारका लागि आफ्नो दाबी रहने बताएका छन्। शुक्रबार उनले पत्रकार सम्मेलन गरेर त्यस्तो बताएका हुन्।
पत्रकार सम्मेलनमा उनले भनेका छन् 'मसँग १२१ सांसद भएकाले नयाँ सरकार गठनका लागि मेरो सम्भावना धेरै छ, मेरो पक्षमा समर्थन दिनुस्।' उनले संसद्मा आफ्नो दल ठूलो भएकाले आफूले विश्वासको मत प्रप्त गर्ने आधार राष्ट्रपति समक्ष पेश गर्न सकिने समेत जिकिर गरेका छन्।
उनले भने सरकार गठनका लागि फ्लोर खुल्ला गरेको छु केपी ओलीले गर्दा मध्यावधि निर्वाचनमा गयौ नभन्नु राष्ट्रिय सहमतिको सरकार गठनका लागि सहमतिका आउनुस्।

