काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर समुह संविधानको धारा ७६ को उपधारा (५) बमोजिमको सरकार गठनको पक्षमा पनि तटस्थ बस्ने निर्णय गरेको छ। ठाकुर समुहले ओली नेतृत्वको सरकारले मागहरूको सम्बोधन गरिरहेका बेला विपक्षमा नजाने निर्णय गरेको हो।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले ठाकुरलाई प्रधानमन्त्रीका लागि तयार रहन प्रस्ताव प्रस्ताव गरेपनि उनले त्यसतर्फ चासो देखाएका छैनन्। प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने बेलामा पनि जसपाको ठाकुर समुह तटस्थ बसेको थियो।

