काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सहमतिको सरकारका गठनका लागि धारा ७६ को (५) बमोजिम राष्ट्रपतिलाई सिफारिस गरेको बताएका छन्। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सरकार गठनका लागि छिटो बाटो खुलाउन यस्तो गरेको बताएका हुन्।
पत्रकार सम्मेलन मार्फत उनले भने ‘म त अहिले पहिले पनि भन्छु, राष्ट्रिय सहमतिको सरकार बनाऔं, सहमतिका साथ अगाडि बढौं । कोभिड १९ जस्ता समस्या समाधान गरौं र देशलाई विकासको बाटोमा लैजाऔँ।’
मन्त्रिषरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजनितिक दलहरूलाई सरकार गठनो लागि २१ घण्टे समयसीमा तोकेर दाबीगर्न आह्वान गरेकी थिइन्।

