फाइल तस्विर

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिने निर्णय गरेका छन्। बिहीबार बसेको मन्त्रिषरिषद्को बैठकमा प्रधानमन्त्रीले ओलीले त्यस्तो निर्णय गरेका हुन्। 

प्रधानमन्त्रीले विश्वासको मत नलिने निर्णयसँगै मन्त्रिपरिषद्को बैठकले राष्ट्रपति समक्ष संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठनका लागि प्रक्रिया थाल्न अनुरोध गरेका छन्।

संवधिानको धारा ७५ को उपधारा ५ मा उपधारा ३ बमोजिम नियुक्त प्रधानमन्त्रीले उपधारा ४ बमोजिम विश्वासको मत प्रप्त गर्न नसकेमा उपराधा २ बमोजिमको कुनै सदस्यले प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गरेमा राष्ट्रपतिले त्यस्तो सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ।